आज: २०८२ फागुन ३०, शनिबार | Sat, 14, Mar, 2026

भक्तपुरको बिस्का जात्रामा रथले किचिएर एक जनाको ज्यान गयो

२०८२ बैशाख १, सोमबार मा प्रकाशित ( ११ महिना अघि) ९३०१ पटक पढिएको
नारी बाटिका


भक्तपुर ०१ वैशाख ।

यस वर्षको भक्तपुरमा भईरहेको बिस्का जात्रामा भैलख अर्थात् रथले किचेर एक जनाको ज्यान गएको छ।

अन्दाजी ३७ वर्षीय सुशील तमखुको रथको पांग्राले किचेर ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। बिस्का जात्राको चौथौ दिन आइतबार रथ बिग्रिएपछि मर्मत गरेर गहिटी टोलबाट योसिंखेलसम्म लैजाने क्रममा रथले किचेको महानगरीय प्रहरी परिसरका प्रमुख एसपी माधव बुढाथोकीले बताउनु भयो।

मृतक तमखु लाकोलाछेंका हाल सूर्यविनायक नगरपालिका भक्तपुर वडा नं ४ स्थित सिपाडोलमा बस्ने स्थानीय भएको प्रहरीको भनाइ छ।
जात्राको चौथौ दिन ५५ हात लामो योसिद्यो उभ्याएर बिस्का जात्राको आयोजना गर्ने गरिन्छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस