आज:  | Wed, 30, Apr, 2025

जाजरकोटमा ४.१ रेक्टर स्केलको भूकम्पको धक्का

२ बैशाख २०८२, मंगलवार ०७:२१ मा प्रकाशित ( २ हफ्ता अघि) २१७१ पटक पढिएको
नारी बाटिका


जाजरकोट २ वैशाख ।

शोमबार राति जाजरकोटमा ४.१ रेक्टर स्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार राति ९ बजेर ३१ मिनेटको समयमा जाजरकोटको पैङ्क आसपास केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको हो ।

जाजरकोट जिल्लामा पटक पटक भुकम्प गइरहेको छ । यसअघि पनि गत चैत २२ गते सोही स्थानमा केन्द्रविन्दु भएर पाँच दशमलव पाँच रेक्टरको भूकम्प गएको थियो । पछिल्लो समयमा नेपालमा फाट् फुट् भूकम्प जाने क्रम जारी छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस