
जाजरकोट २ वैशाख ।
शोमबार राति जाजरकोटमा ४.१ रेक्टर स्केलको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार राति ९ बजेर ३१ मिनेटको समयमा जाजरकोटको पैङ्क आसपास केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको हो ।
जाजरकोट जिल्लामा पटक पटक भुकम्प गइरहेको छ । यसअघि पनि गत चैत २२ गते सोही स्थानमा केन्द्रविन्दु भएर पाँच दशमलव पाँच रेक्टरको भूकम्प गएको थियो । पछिल्लो समयमा नेपालमा फाट् फुट् भूकम्प जाने क्रम जारी छ ।












प्रतिक्रिया दिनुहोस