आज: २०८२ फागुन ३०, शनिबार | Sat, 14, Mar, 2026

अहिले विहानसम्म यी प्रदेशमा वर्षा भइरहेको छ,कस्तो रहन्छ त आजको मौसम ?

२०८२ बैशाख ३, बुधबार मा प्रकाशित ( ११ महिना अघि) ९०५३ पटक पढिएको
नारी बाटिका


काठमाडौँ ३ वैशाख ।

पछिल्लो समयमा देशभरमा मौसममा वदली भैइरहेको छ ।

त्यस्तै स्थानीय वायुको प्रभावले आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली छ। अहिले (बुधबार) कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

त्यसैगरी आज दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहनेछ। पहाडी भूभागका केही र बाँकी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

साथै उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति कोशी प्रदेश लगायत केही पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार देशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाको भनाइ छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस