
काठमाडौँ ३ वैशाख ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रुपैयाँका दरले घटाएको छ । भारतबाट इन्धनको मूल्य घटेर आएकाले आजदेखि लागु हुने गरी नेपालमा पनि मुल्य समायोजन गरिएको निगमले जनाएको छ ।
आज बुधबारदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको निगमले जानकारी दिएको हो । पेट्रोल, डिजेल र मट्टीतेल सबैको मूल्य प्रतिलिटर तीन रुपैयाँका दरले घटाइएको निगमले मङ्गलबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
निगमले जनाए अनुसार मूल्य घटेसँगै अब काठमाडौँमा पेट्रोलको प्रतिलिटर १६० र डिजेल तथा मट्टितेलको प्रतिलिटर १४६ रुपैयाँ कायम हुने जनाएको छ । 












प्रतिक्रिया दिनुहोस