
काठमाडौं ४ चैत।
मकवानपुरमा गुडिरहेको गाडीमा आगलागी भएको छ।
मकवानपुरको भीमफेदी गाउँपालिका(४ निबुवाटास्थित कुलेखानी(भीमफेदी( सडकखण्डमा काठमाडौंबाट हेटौडा तर्फ जाँदै गरेको गुडी रहेको गाडीमा अकास्मात आगो लागेको हो।
आगलागी भएको जिजे १२ डिए ९६१८ नम्बरको भारतीय गाडी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
आगलागीबाट मानवीय क्षति नभएको मकवापुर प्रहरीले जनाएको छ। गाडीमा भने निकै क्षति पुगेको छ। घटनाको सम्वन्धमा अनुसन्धान भैरहेको प्रघरीको भनाई छ ।












प्रतिक्रिया दिनुहोस