
नारी बाटिका

धादिङ ८ वैशाख ।
धादिङको जिल्ला बेनिघाट रोराङ ७ कृष्णभिरबाट तत्कालिन अवस्थामा कुन दिशा तर्फ जादैँ गरेको,केही नखुलेको बा.प्र.०२(०२४ प ४०५४ नं.को मोटरसाइकल त्रिशुली नदीमा खसेको थियो । । उक्त मोटरसाइकल सडकबाट तल त्रिशुलि नदीमा खसेको हो ।
घटना बारे मोवाईलबाट खबर प्राप्त पश्चात उक्त स्थानमा इलाका प्रहरी कार्यलय वेनीघाटबाट प्र.स.नि.हर्क बहादुर खड्काको कमाण्डमा प्र.चौ.जोगिमाराबाट प्र.स.नि.रामशरण बस्नेतको कमाण्डमा र थप इ.प्र.का.गजुरीबाट प्र.ना.उ. बिकास थापाको कमाण्डमा ११ जनाको टोलि खटिई गएको,ऐ.७ बजे टोलीहरु घटनास्थलमा गएका थिए ।
घटना स्थान सडकबाट अं.३०० मिटर तल त्रिशुली नदीकिनारमा जिल्ला सिन्धुली तिनपाटन गाउँपालिका ९ घर भएका बर्ष अ.२६ का मिन बहादुर तामाङको लास फेला परेको, र मोटरसाइकल घटनास्थलबाट निकालि इप्रका बेनिघाटमा राखिएको हो ।
बिस्तृत विबरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस