
नारी बाटिका
काठमाडौं ८ वैशाख।
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्न गएका ३ जना बालक बेपत्ता भएका छन् । आज दिउँसो पौडी खेल्न नदीमा गएका बालकहरु बेपत्ता भएपछी सशस्त्र प्रहरीको टोली खोजीकार्यको लागी खटिएको छ ।
बेपत्ता हुने बालकहरुमा सोही ठाउँ बस्ने १३ वर्षीय उमेश यादव, १४ वर्षीय राज यादव र १२ वर्षीय मुनु हरिजन रहेका छन् । तिनै जना नदीमा पौडी खेल्ने क्रममा शोमबार दिउँसो करीव साढे १२ बजेतिर डुबेर बेपत्ता भएको बताइएको छ ।
उद्धारका लागी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बयरघाटबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा विपद् व्यवस्था तालिम प्राप्त सुरक्षा फौज घटनास्थल पुगेर उनीहरुको खोजीकार्यमा जुटेका छन्।








प्रतिक्रिया दिनुहोस