आज: २०८३ भाद्र २९, सोमबार | Mon, 14, Sep, 2026

मौसम खबर : आज यी स्थानमा चट्याङसहित वर्षाको सम्भावना

२०८२ बैशाख ९, मंगलबार मा प्रकाशित ( १ साल अघि) १४२३० पटक पढिएको
नारी बाटिका


काठमाडौं ९ वैशाख ।

हाल स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव परेको छ भने अहिले कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ।

आज दिउँसो कोशी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ। मंगलबार कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा र बाँकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

कोशी, बागमती,गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। त्यस्तै आज राति कोशी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहने छ ।

साथै बाँकी भागमा मुख्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा चट्याङसहित हल्कादेखी उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस