आज:  | Wed, 30, Apr, 2025

अत्यधिक मात्रामा(९९प्रतिशत)भन्दा बढी विषादी पाइएपछि८७०किलो काउली नष्ट

१० बैशाख २०८२, बुधबार ०७:४३ मा प्रकाशित ( १ हफ्ता अघि) १९८५ पटक पढिएको
नारी बाटिका


सल्यान- १० वैशाख ।

सल्यानबाट सुर्खेत ल्याइएको काउलीमा अत्यधिक मात्रामा विषादी पाइएपछि ८७० किलो काउली नष्ट गरिएको छ।

वेमौसमी रुपमा उत्पादन गरिएको उत्त काउलीमा विषादी अत्यधिक मात्रामा देखिएपछी उपभोगका लागि अयोग्य रहेकोले कृषि विभागको केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गत रहेको विषादी अन्वेषण द्रुत विश्लेषण प्रयोगशाला एकाइ सुर्खेतले सोमबार काउली नष्ट गरेको हो।

प्रयोगशालाका नायब प्राविधिक धनसिंह धामीले सल्यानबाट ल्याइएको काउलीमा ९९.३४ प्रतिशत अर्गानोफस्फेट समूहको विषादी पाइएको बताएका छन्।
उनका अनुसार सामान्यतया तरकारीमा कार्बामेट वा अर्गानोफस्फेट समूहको विषादी ३५ प्रतिशत भन्दा कम भए मात्र खानयोग्य कृषी विशेषज्ञले बताउँछन्।

विषादीको ३५र४५ प्रतिशतबिचको मात्रामा केही दिन क्वारेन्टाइनमा राखेर परीक्षण गर्न सकिन्छ तर ४५ प्रतिशत भन्दा बढी भएमा त्यसलाई विसर्जन गर्नु पर्ने प्राविधिक मापदण्ड छ। कपुरकोट गाउँपालिका(६, छायानाथ लिउरेखोला क्षेत्रका किसानबाट उत्पादन गरिएको काउली व्यापारीले सुर्खेत ल्याइएको थियो ।

परीक्षणमा अत्यधिक मात्रा विषादी देखिएपछि सोमबार नै नगरपालिकाका जनप्रतिनिधिको रोहबरमा सबै काउली नष्ट गरिएको हो। सोही दिन परीक्षण गरिएको फर्सी, लौका, केराउ, बन्दा, पालुङ्गो, धनियाँ, केरा र तितेकरेलालगायतका तरकारी तथा फलफूल भने उपभोग गर्नयोग्य भेटिएको प्रयोगशालाले जनाएको छ।

यस सम्वन्धि बुधबारको गोरखापत्र दैनिकमा खबर प्रकाशित भएको छ । उक्त काउली ब्यपारी प्रबल शाही मार्फत सुर्खेतका व्यापारी रतन महतरालाई पठाइएको थियो। ती काउली वीरेन्द्रगरस्थित तरकारी मण्डी मा बेच्न राखिएको बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस