
डोटी- १० वैशाख।
डोटीमा बुधबार भएको मिनीट्रक दुर्घटनामा परी तीन जनाको घटना स्थलमै मृत्यु भएको छ ।
डोटी जिल्लाको जोरायल गाउँपालिका–१ गोल्डेनस्थित भीमदत्त राजमार्गस्थितमा मिनीट्रक दुघर्टना हुँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
आज कैलालीको धनगढीबाट बझाङतर्फ खाद्यान्न र खुद्रा सामग्री बोकेर जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ख ३४२८ नम्बरको मिनीट्रक चालक बुंगल नगरपालिका–२ दहबगर बझाङका ३३ वर्षीय अर्जुन धामीको दुघर्टनामा परी घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विनोद शर्माले बताउनु भयो ।
प्रहरी उपरीक्षक शर्माका अनुृसारखाद्यान्न र खुद्रा सामग्रीले लोड भएको उक्त ट्रकमा सवार अन्य दुई जना यात्रुको पनि घटनास्थलमै मृत्यु भएको छ । केही बेरअघिसम्म अनय दुइ मृतकहरुको पहिचान खुल्ल नसकेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस