
काठमाडौं -११ वैशाख ।
बालिकालाई चिनमा लगी १८ हजारमा बिक्री गरेर फरार भएका एकजना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ओखलढुंगा चम्पादेवी गाउँपालिका(१ घर भई हाल काठमाडौं महानगरपालिका(२६ ठमेल बस्दै आएका ३० वर्षीय आशिष परियार नेपाली भन्ने आशिष नेपालीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
परियारले पीडित बालिकालाई २०७० साल फागुन ११ गते चीनको खासास्थित छिरिङ डान्सबारमा लगि १८ हजार रूपैयाँमा बेचबिखन गरेको घटनामा संलग्न रही सोही मिति देखि फरार रहेका थिए ।
आशिषलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीको टोलिले काठमाडौं बबरमहलबाट पक्राउ गरेको हो । परियार बिरुद्धमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया दिनुहोस