आज: २०८३ अषाढ २७, शनिबार | Sat, 11, Jul, 2026

२४ घण्टाभित्र भुटानी शरणार्थीलाई स्थान तोकी रिहा गर्न सर्वोच्चको आदेश

२०८२ बैशाख १२, शुक्रबार मा प्रकाशित ( १ साल अघि) १२४९४ पटक पढिएको
नारी बाटिका


धादिङ १२ बैशाख ।

सर्वोच्च अदालतले अध्यागमन कार्यालय झापाको नियन्त्रणमा रहेका ४ जना भुटानी शरणार्थीलाई २४ घण्टाभित्र स्थान तोकी रिहा गर्न आदेश दिएको छ।

उनीहरु नेपालको शरणार्थी शिविरबाट अमेरिका पुनर्वास भइसकेका भुटानी भएकोमा कुनै विवाद नदेखिएकाले २४ घण्टा भित्र स्थान तोकी अध्यागमनको हिरासतबाट मुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको हो।

झापा जिल्लाको बेलडाँगी शरणार्थी शिविरलाई स्थानहद तोकी उनीहरुलाई अमेरिका जानु अघि सोही स्थानमा स्थानान्तरण गर्न आदेश दिएको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिएका छन्।

यसअघि उनीहरुलाई अमेरिकाले भुटानको जिम्मा लगाएको भएतापनि भुटानले देश निकाला गरेका अशोक गुरुङ हकमाको पक्षमा नारायणकुमार सुवेदीले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै आदालले उनीहरुलाई राखिएको इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट बेलडाँगी शरणार्थी शिविरमा स्थानान्तरण गर्न आदेश दिएको हो।

बिहिबार सर्वाेच्चका न्यायाधीश बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको इजलासले आवश्यक कानुन अनुसार अध्ययन गरेर ६० दिनभित्र प्रतिवेदन बुझाउन समेत अध्यागमनलाई आदेश दिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस