
काठमाडौं- १५ वैशाख।
नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा केही घटेकोले उपभोक्तालाई कारोबारमा केही राहत मिलेको छ । शोमबार छापावाल सुनको मूल्य घटेर तोलामा १ लाख ८८ हजार ३०० रुपैयाँ कायम भएको हो ।
यसअघी छामावाला सुनको मुल्य तोलामा झन्डै २ लाखको हाराहारीमा पुगेको थियो । विशेष गरी विहे जस्तो ठुला कार्यमा नभई नहुने सुनको भाउ आकासिएपछी सामान्य स्तरको समुदायका उपभोक्ताहरु चिन्तित हुने गरेका छन् ।
आइतबार सुनको मूल्य तोलामा १ लाख ८९ हजार ७०० रुपैयाँ रहेको थियो, जसअनुसार आज तोलामा १ हजार ४ सय रुपैयाँको गिरावट आएको हो ।
चाँदीको मूल्यमा पनि केही गिरावट आएको छ । आइतबार चाँदीको मूल्य तोलामा १ हजार ९९० रुपैयाँ कायम भएकोमा आज(सोमबार )चाँदीको मूल्य तोलामा १ हजार ९७० रुपैयाँ पुगेको छ ।












प्रतिक्रिया दिनुहोस