
नारी बाटिका
काठमाडौं- १७ वैशाख।
नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फका छ जना प्रहरी नायब महानिरीक्षक डिआइजीहरु प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा हुनु भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबाट वैशाख ११ गतेदेखि लागू हुने गरी उहरूहाँलाई बढुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयबाट प्राप्त पत्रअनुसार प्रहरी प्रधान कार्यालयले बढुवा भएकाहरूको मंगलबारदेखी पदस्थापन गरिएको जनाएको छ । बढुवा हुनेमा चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा मनोजकुमार केसी हुनुहुन्छ।
यसअघि वैशाख ४ गते गृह मन्त्रालयको बढुवा सिफारिस समितिको बैठकले उहाँहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको थियो ।
प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका प्रहरी उपरीक्षक गोगेन्द्रसिंह थापाका अनुसार खापुङलाई केन्द्रीय अनुसन्धानन ब्युरो,मा, आचार्यलाई प्रहरी प्रधान कार्यालय, कार्य विभागमा, पोखरेललाई प्रहरी प्रधान कार्यालय प्रशासन विभागमा मा खटाईएको छ ।
यसैगरी कार्कीलाई प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभागमा अधिकारीलाई प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागमा र केसीलाई प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागमा मंगलबारबाटै पदस्थापन गरिएको हो।
सुचि हेर्न यहाँ क्लिक गर्नु होस








प्रतिक्रिया दिनुहोस