आज:  | Wed, 30, Apr, 2025

डोटीमा सवारी दुर्घटना एकको मृत्यु, ६ जना घाइते

१७ बैशाख २०८२, बुधबार ११:५५ मा प्रकाशित ( २ घण्टा अघि) ४९७ पटक पढिएको
नारी बाटिका


डोटी -१७ वैशाख ।

डोटीको जोरायल गाउँपालिका–२ मेलखोला स्थित भीमदत्त राजमार्गमा यात्रु बोकेको जीप दुर्घघना हुंदा एकजनाको मृत्यु भएको छ । धनगढीबाट बैतडीको पुर्चौडी तर्फ गइरहेको सूपप्र ०२००१ ज ०५६७ नम्बरको जिप गएराति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।

उक्त दुर्घटनामा परी ४५ वर्षीय हर्कबहादुर नेगीको मृत्यु भएको हो । गम्भीर घाइते नेगीलाई धनगढीस्थित माया मेटो अस्पताल पुर्याउने वित्तिकै डाक्टरले मृत घोषणा गरेका थिए ।

सोही दुर्घघटनामा घाईते भएकाहरु बैतडी डिलासैनी गाउँपालिका–४ का २७ वर्षीय धीरेन्द्र नेगी, ४४ वर्षीय जगदीश जोशी, ५३ वर्षीय रामबहादुर नेगी, ६५ वर्षीया धना नेगी, २८ वर्षीय वीरबहादुर नेगी र चालक २४ वर्षीय अशोक बम घाइते भएका छन् ।

घाइतेमध्ये ६५ वर्षीया धना र चालक बमको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस