आज:  | Thu, 01, May, 2025

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस चेतनामुलक कार्यक्रम गरी मनाईँदै

१८ बैशाख २०८२, बिहीबार ०६:४२ मा प्रकाशित ( ६ घण्टा अघि) ९०० पटक पढिएको
नारी बाटिका


काठमाडौं १८ वैशाख ।

प्रत्येक वर्ष मे १ तारेखका दिनलाई विश्वभर श्रमिक दिवस मनाईँदै आईरहेको छ । यसै अवसरमा आज १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ।

आजभन्दा १३६ वर्ष अगाडी श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति दिलाउनका लागी अधिकार स्थापित भएको मे १ तारिखका दिनदेखी यो दिवस मनाउन सुरु गरिएको हो ।

विश्वभरका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हक अधिकारको सुनिश्चितताका लागि सरकार तथा विभिन्न क्षेत्रमा कम्पनी,कल कारखाना लगायतका रोजगारदातालाई श्रमिकप्रति उद्धार र उसको कामको मुल्याङकन र सम्मानका साथ पारिश्रमिक दिलाउने उद्देश्यले यो दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन् ।

सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा हरेक वर्ष यसै दिनलाई दिवसका रुपमा मनाईएको थियो ।

आन्दोलनका क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट र प्रहरीको गोली लागेर सातजना मजदुरको मृत्यु भएको थियो । त्यसै घटनापछी मजदुर आन्दोलनले सफलता प्राप्त गर्दै आजको दिनलाई दिवसका रुपमा मनाउँदै आईरहेको छ ।

पछि सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताहरूको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । नेपालमा भने विराटननगरमा विस २००३ मा भएको श्रमिक आन्दोलनको सफलता र २००७ सालको नेपालमा भएको राजनितिक परिवर्तनसँगै श्रमिक दिवस मनाइन थालिएको थियो ।

तर २०४६ सालको राजनीतिक परिवर्तनपछी नेपालमा आजको दिनलाई सार्वजनिक बिदा दिन थालिएको हो ।तर नेपालमा भने पहिलो पटक २०१९ सालमा नेपाल मजदुर सङ्गठनले पहिलो पटक मे दिवस आयोजना गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस