
काठमाडौं २ असोज ।
काठमाडौंको बनस्थली चोकमा आज भएको बाग्मती प्रदेश ०१(००६ ख ७५४३ नम्बरको बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा संखुवासभा घर भई महानगरपालिका-१६ बालाजु बस्ने ६८ वर्षीय जश बहादुर मगरको बिहीबार बिहान घटनास्थलमै मृत्यु भएको हो । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।
पर्सा, जगरनाथपुर गाउँपालिका(६ औराहास्थित सडकमा वीरगंजबाट पटेर्वासुगौलीतर्फ जाँदै गरेको बा।६३ प ३१८८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी सोही ठाउँ बस्ने ४५ वर्षीया लालपरी देवीको मृत्यु भएको हो ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।












प्रतिक्रिया दिनुहोस