आज: २०८२ आश्विन ३, शुक्रबार | Fri, 19, Sep, 2025

शिक्षक महासंघका पदाधिकारी र विद्यालय कर्मचारीबिचमा चर्काचर्की

२०८२ बैशाख १८, बिहिबार मा प्रकाशित ( ४ महिना अघि) ७०६९ पटक पढिएको
नारी बाटिका


काठमाडौं १८ वैशाख ।

नेपाल विद्यालय कर्मचारी परिषद् र नेपाल शिक्षक महासंघका पदाधिकारीहरुको कार्यक्रममा विवाद भएको छ।

आन्दोलनरत शिक्षक र सरकारकाबिचमा बुधबार सहमति भएपछि महासंघले आज मध्यबानेश्वरको रत्नराज्यलक्ष्मी माविमा समापन तथा शुभकामना कार्यक्रम राखेको थियो । तर, विद्यालय कर्मचारी परिषद्ले भने शिक्षक महासंघले सरकारसंग गरेको सहमतिप्रति असन्तुष्टि जनाउँदै बिरोध जनाएका हुन्।

सरकारसंग भएको वार्तापछी सहमतीपत्रमा विद्यालय कर्मचारी परिषद्ले कर्मचारीका विषयहरु सहमतिमा नसमेटिएको भन्दै चर्काचर्की भएको थियो । विद्यालय कर्मचारी परिषद्ले सो बारेमा पनि सवालअघि बढाउने भनिएको साथै उनीहरुका पनि सेवासुविधाको रकम स्पष्ट खुलाउनु पर्ने माग राखेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस