आज:  | Sun, 04, May, 2025

बोरिङ खनिएको खाल्डोमा बोलेरो दबिएर गायब भयो

२० बैशाख २०८२, शनिबार १८:०३ मा प्रकाशित ( १५ घण्टा अघि) १७६८ पटक पढिएको
नारी बाटिका


मकवानपुर-२० वैशाख।

मकवानपुरको हेटौँडामा जमिन भासिँदा सोही खाल्डोमा रोकिराखेको बोलेरो दबिएर गायब भएको छ । खाल्डोमा बोलेरो दबिएर गायब भएपछी चालक र सहचालकले भने भागेर ज्यान जोगाएका छन् ।

यो घटना हेटौंडा उपमहानगरपालिका–१६ र १७ नम्बर वडा जोडिएको गैरीगाउँमा सडक भासिँदा ना ४ च ४८३३ नम्बरको बोलेरो गायब भएको हो । चालक हरि राई र सहचालक भने बोलेरो भासिनुअघि नै निस्किएर भागेका थिए । अहिले गाडी फसेको ठाउँमा जेसिबी लगाएर खोज्दासमेत फेला नपरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

त्यस स्थानमा पानी निकाल्नको लागि बोरिङ खनिएको थियो । पानी ननिस्किएपछि त्यसै छाडिएको उक्त खाल्डोमा गाडी दबिएको स्थानीय बताएका छन्।

घटना शुक्रबार साँझ ५ बजेतिर भएको थियो । तर केहीबेरअघिसम्म,बोलेरो निकाल्न सकिएको छैन । केहीबेर अघिसम्म मोटर चलाएर पानी निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस