आज:  | Mon, 05, May, 2025

पोखरा विमानस्थलको अनियमितता प्रकरणमा लेखा समितिमाथि नै प्रश्न

२२ बैशाख २०८२, सोमबार ०६:३५ मा प्रकाशित ( ५ घण्टा अघि) ८६९ पटक पढिएको
नारी बाटिका


पोखरा २२ वैशाख।

पोखरा विमानस्थलमा अनियमितता प्रकरणबारे समितिमा सभापतिले छलफलका लागी आलटाल गरेको भन्दै सार्वजनिक लेखा समितिको प्रभावकारीतामाथि प्रश्न गरेका छन्।

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा भएको अनियमितता भएको भन्ने सार्वजनिक रुपमा प्रश्न गठेपछी उपसमितिले प्रतिवेदन तयार गरेको थियो । सोही प्रतिवेदनमाथी छलफल गर्न बोलाइएको बैठकमा सांसद्हरुले समितिले समयमै निर्णय लिन नसकेको, भएका निर्देशनमा कार्यान्वयन गराउन नसकेको,प्रधानमन्त्री–मुख्यसचिवलाई समितिमा डाकेर जवाफदेही बनाउन नसकेको भन्दै सांसदहरुले सभापति ऋषिकेश पोखरेलको आलोचना गरेमा हुन्।

बैठकमा सांसद डा अमरेशकुमार सिंहले संसदीय समितिको प्रभवकारिता घट्दै गएको बताए। लेखा समितिले प्रधानमन्त्री, मुख्यसचिव बोलाउन नसकेको भन्दै उनले सभापतिको आलोचना गरे। संसदको बैठक देखाएर समिति बैठक रोक्न नहुने उनको भनाइ थियो।

बेरुजु फछ्र्यौटका वेला जसरी रातदिन नभनी समिति बैठक बस्यो पोखरा विमानस्थलमा भएको अनियमितताका बारेमा त्यसरी नै छलफल हुनुपर्ने उनले बताए। लेखा समितिको प्रभावकारीता यही हो ? समिति सरकारको छाया भयो।’

पोखरा विमानस्थल अध्ययन उपसमितिका संयोजक एवं् सांसद राजेन्द्र लिङदेनले आयोजना स्थलमा पुगेर अध्ययन अनुसन्धान गरेको बताउँदै प्रतिवेदनमाथि शंका नगर्न आग्रह गरे। नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले पोखरा विमानस्थलमा भएको अनियमिततामा उपसमितिले तयार गरेको प्रतिवेदनमाथि प्रश्न उठाउनु भन्दा पनि छिटो कार्यान्वयनमा लैजानु पर्ने बताए।

नेकपा माओवादी केन्द्रका सांसद अमललाल मोदीले उपसमितिले प्रतिवेदन दिइसकेपछि छलफल गरेर समितिले छिटो निर्देशन दिनुपर्ने बताए। समिति न्यायिक नभए पनि निर्देशन लागू गराउन दबाब दिने तहमा रहेको उनको धारणा थियो।

समितिका सभापति ऋषिकेश पोखरेलले सांसदहरुकै व्यवहारबाट समितिको ओज घटाउने काम भएको बताउनु भयो । समिति न्यायाधीश नभएको बताउँदै उनले सांसदहरुको प्रस्तुति हेर्दा लेखा समिति न्यायिक निकाय जस्तै हुनुपर्ने जस्तो देखिएको गुनासो गरेका हुन्। पोखराको सन्दर्भमा समितिमा चाँडो छलफल गरेर टुँग्याइने उनको भनाई छ।

त्यस्तै भैरहवा विमानस्थल अध्ययन गर्न गठित समितिको प्रश्न उठेपछि एमाले सांसद योगेश भट्टराईले नबस्ने घोषणा गरेका छन्। उनको ठाउँमा अच्युत मैनालीलाई संयोजक तोकिएको समिति सभापति पोखरेलले बैठकलाई जानकारी दिए तर अरु सांसदहरु मान्न तयार भएनन्। छिट्टै संयोजक तोकेर एक साताभित्रै प्रतिवेदन पेश गर्न निर्देशन दिए।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्रश्न उठेका नेताहरुलाई समितिको संयोजक राख्न नहुने बताए। पोखरा विमान स्थल बारे अध्ययन गरिएको प्रतिवेदन समितिलाई नबुझाउँदै बाहिर ल्याइएको भन्दै उनले आलोचना गरेका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस