आज:  | Tue, 06, May, 2025

नारी जागरण केन्द्रको आयोजनामा सशक्तीकरण तथा सिपमूलक तालिम सम्पन्न

२३ बैशाख २०८२, मंगलवार ०७:१७ मा प्रकाशित ( ४ घण्टा अघि) ६३ पटक पढिएको
नारी बाटिका


धादिङ २३ वैशाख ।

नारी जागरण केन्द्रको आयोजनामा विहिबारदेखी सुरु भएको ५ दिने मादल बजाउने सिपमूलक तालिम सम्पन्न भएको छ ।

अध्यक्ष चित्र कुमारी भण्डारीको अध्यक्षतामा सोमबार सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो भने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सुवास हमालको आतिथ्यतामा रहेको थियो ।

त्यसैगरी कार्यक्रममा नीलकण्ठ नगरपालिकाको सामाजिक विकास शाखा प्रमुख उर्मिला थपलिया, सामाजिक विकास संयोजक मञ्जु थापा मगर लगायत पशु सेवा केन्द्र धादिङका प्रतिनिधिहरु,तालिममा प्रशिक्षण दिनु हुने प्रशिक्षकहरु,केन्द्रका निलकण्ठ नगरपालिका अन्तर्रगतका महिला समुहका प्रतिनिधी,नारी विकास सहकारीका प्रतिनिधि लगायत तालिममा सहभागीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि घिमिरेले लैंगिक हिंसा निवारणका लागी महिलाले आफ्नो सिप र क्षमताको विकास गर्दै आफुमा भएको सिपबाट समाज रूपान्तरणका लागि महिलाहरूको सहभागिता महत्त्वपूर्ण हुने भएकाले सम्पूर्ण महिलाहरूले सिप सिक्दै क्षमतावान सिपलाई व्यवहारमा लागु गरी आर्थिक उपार्जनतिर लाग्न अनुरोध भयो भयो । साथ साथै आफ्ना बालबालिकालाई पनि समयमा नै सिप सिकाउनु आवश्यक भएको बताउनु भएको छ ।

यसैगरी निलकण्ठ नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख उर्मिला थपलियाले सिपमूलक र व्यावसायिक तालिमहरूले महिलाहरूको आत्मनिर्भरता बढाउनुका साथै आर्थिक सामाजिक सांस्कृतिक सशक्तीकरणमा टेवा पुग्ने बताउनु भयो ।

जिल्ला प्रहरी कार्यलयका प्रमुख एवं् प्रहरी उपरिक्षक देपेन्द्र शाही र प्रहरी नायब उपरिक्षक सुवास हमालले पछिल्लो समयमा सामाजिक संन्जालको दुरुपयोग गरी अनलाइन ठगी, साइबर क्राईम, लैङ्गिक र घरेलु हिंसा, हिंसा हुनुको कारण, हिंसा हुने क्षेत्र, सामाजिक संन्चालको दुरुपयोगबाट हुन सक्ने जोखिमबाट बच्नको लागी कुन कुन कुरामा सजग रहने भन्ने विषयमा सहजीकरण गर्नु भएको थियो ।

त्यसै गरी निलकण्ठ नगरपालिका पशुसेवा शाखाका (माचौं तह)कासीराज रेग्मी,सुवास खतिवडा र राजेश कोईरालाले व्यवशायिक रुपमा बाख्रापालन, तथा ,पशुपालन,रोग,घाँस,दाना,बजारीकरण,व्यवशायिक योजनाको लगायतमा सहजीकरण गर्नु भएको थियो ।

केन्द्रकी कार्यकारी निर्देशक भगवती उप्रेतीले लैंगिक हिंसा हुनबाट सावधान रहने उपायहरू र यस्ता समस्या परेमा नेपाल प्रहरीले गर्ने सहयोग, न्याय लगायत सम्बन्धी सहजीकरण गर्नु भएको थियो । साथै मनोसामाजिक परामर्शकर्ता एवं् प्रशिक्षक रामकुमार थापाले मानसिक स्वास्थ्य समस्या, बालबालिका प्रति अभिभावकले गर्नु व्यवहारहरूको बारेमा समेत प्रशिक्षण गराईएको थियो ।

नारी जागरण केन्द्र धादिङको आयोजना, नीलकण्ठ नगरपालिका धादिङको सहकार्य तथा नारी विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको व्यवस्थापन सहयोगमा सञ्चालन गरिएको तालिमको नीलकण्ठ नगरपालिकाको नगर प्रमुख भिम प्रसाद ढुङ्गानाले उद्धघाटन गर्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस