आज: २०८२ आश्विन १, बुधबार | Wed, 17, Sep, 2025

आजको मौसम सम्वन्धि पुरा जानकारी

२०८२ बैशाख २४, बुधबार मा प्रकाशित ( ४ महिना अघि) ७९६८ पटक पढिएको
नारी बाटिका


काठमाडौं २४ वैशाख ।

हाल देशमा पश्चिमी स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयु हावाको समेत आंशिक प्रभावले हाल देशभर आंशिकदेखि साधारणतया बदली छ। अहिले देशको पहाडी भूभागको केही स्थानमा हल्का वर्षा भइरहेको छ।

आज पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका ‍एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

देशका हिमाली भूभागका केही स्थानमा हल्का वर्षासँगै हिमपातको पनि सम्भावना छ। आज राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ।

त्यस्तै आज कोशी प्रदेश लगायत पहाडी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस