आज:  | Wed, 07, May, 2025

जिल्ला प्रशासन कार्यलयको नेतृत्वमा बजार अनुगमन तिब्र, ८ फर्मलाई जरिवाना

२४ बैशाख २०८२, बुधबार १३:५२ मा प्रकाशित ( १५ घण्टा अघि) १३३४ पटक पढिएको
नारी बाटिका


धादिङ -२४ वैशाख ।

धादिङ जिल्ला प्रशासन कार्यलयले शोमबार स.प्र.जि.अ.को नेतत्वमा बजार अनुगमन गरेको छ । बजार अनुगमनको क्रममा टोलीबाट नीलकण्ठ नगरपालिका, वडा नम्बर ३ अन्तर्गत संन्चालनमा रहेका विभिन्न २७ वटा फर्म,कम्पनीहरुको अनुगमन भएको थियो ।

उक्त २७ वटा फर्महरू मध्ये होटल तथा खाजा घर ७, खाद्यान्न तथा किराना पसल ८, स्वास्थ्य तथा फार्मेसी संस्था २, हार्डवेयर १, मासु पसल १, फलफूल पसल २ र अन्य ६ वटा २७ मर्फमा अनुगमन गरेको थियो ।

सोही अनुगमनका क्रममा व्यवसाय दर्ता र नविकरण गरे नगरेको, भ्याट र प्यानमा आवद्ध रहे नरहेको, सरसफाइ र तोकिएका मापदण्ड लगायतको अनुगमन गरी व्यवसाय संचालन सम्बन्धी कानूनी विषयमा सहजीकरण गरिएको थियो ।जसमध्ये म्याद गुज्रेका १६ हजार ४ सय ५५ बराबरका सामानहरू नष्ट गरिएको अनुगमन टोलीले जनबएको छ ।

त्यस्तै अनुगमन क्रममा ८ वटा फर्म व्यवसायले करको बिल बिजक नराखेको, बिल बिजकको प्रयोग नगरेको, कारोबारको विवरण अधाबधिक नराखेको पाइएकाले कूल २४ हजार जरिवाना गरिएको हो ।

अनुगमनमा जिल्ला स्थित कर उद्योग कार्यालयका प्रमुख र अन्य कार्यालयका प्रतिनिधि, उपभोक्ता मञ्चका प्रतिनिधि र सञ्चारकर्मी समेतको संयुक्त सहभागितामा अनुगमन भएको ।

पछिल्लो समयमा सम्वन्धित निकायबाट विभिन्न पसल व्यवशायहरुमा अनुगमन गर्ने कार्यलार्इृ प्राथमिकताका साथ कार्यन्वयन गरिँदा उपभोक्ताहरुमा केही राहत मिलेको स्थानीयले बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस