आज:  | Thu, 08, May, 2025

पर्वतको युवा संघ भेलामा पार्टीभत्रका दुई धारबिचमा झडप,२ जना घाइते

२४ बैशाख २०८२, बुधबार १७:५८ मा प्रकाशित ( १६ घण्टा अघि) १३३४ पटक पढिएको
नारी बाटिका


पर्वत-२४ वैशाख ।

राष्ट्रिय युवा संघ पर्वतको विस्तारित भेलामा पार्टीभित्रैका कार्यकर्ताबिच झडप भएको छ । बुधबार जिल्ला पार्टी कार्यालयमा आयोजित भेलाका पार्टीभित्रका गुट उपगुट हुदा दुई पक्षबीच विवाद भएपछि झडप भएको हो ।

झडपमा नेकपा एमाले गण्डकी प्रदेशका सदस्य अर्जुन निर्जन पौडेल र युवा सङ्घका नेता धुर्ब श्रेष्ठ घाइते भएका छन् । पौडेलको पर्वत स्थित शान्तिदिप अस्पतालमा उपचार भइरहेको छ ।

गणेश तिमिल्सिना र पदम गिरी समूहबिच झगडा भएको थियो । गिरी पक्षले आज अधिवेशन डाकेको थियो भने तिमिल्सिना पक्षले आजको कार्यक्रम पिति सार्न माग गरेको थियो ।

गिरी पक्षका युवाले भने आज कै मितिमा कार्यक्रम तय गरेको र अधिवेशनको उद्घाटन गरेपछि तिमिल्सिना पक्षका युवाले विरोध गरेपछी दुइ समुहबिच चर्काचर्की भएपछी झडप भएको बताइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस