आज:  | Sat, 10, May, 2025

वर्तमान सरकार आफ्नै कुकर्मको बोझले ढल्छ प्रचण्ड

२७ बैशाख २०८२, शनिबार १८:५० मा प्रकाशित ( ४ घण्टा अघि) ९३१ पटक पढिएको
नारी बाटिका


काठमाडौं २७ वैशाख ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार आफ्नै कुकर्मको बोझले ढल्ने दाबी गर्नु भएको छ । पार्टीको पाँचथर जिल्ला कमिटीले फिदिममा आयोजना गरेको जनसभालाई सम्बोधन गर्नु हुदै उहाँले भन्नु भयो सरकार आफ्नै कुकर्मको बोझले ढल्छ । हामी सरकार ढाल्ने हतारोमा छैनौं ।”

नेकपा माओवादीका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री प्रचण्डले अहिलेको दुई तिहाइ सरकार भिजेको बिरालोको हालतमा रहेको बताउनु भयो । उहाँले सरकारले एउटै राम्रो काम गर्न नसकेको भनाइ छ । उहाँले संविधान मिचेर सरकार ढालेको बताउँदै भन्नु भयो “हामी पटक–पटक कांग्रेस र एमालेसँग मिल्यौं, जसका कारण हामी पनि उनीहरू जस्तै देखियौं । अब भने हामी मिल्ने छैनौं । हामी आफ्नै खुट्टामा उभिएर अघि बढ्नेछौं ।”

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस