आज:  | Sat, 10, May, 2025

नारी विकास सहकारीको आयोजनामा अवलोकन तथा धार्मिक तिर्थ भ्रमण सम्पन्न

२७ बैशाख २०८२, शनिबार २०:२६ मा प्रकाशित ( ३ घण्टा अघि) १२७२ पटक पढिएको
नारी बाटिका


धादिङ २७ वैशाख ।

नारी विकास सहकारी संस्थाको आयोजनामा अन्तर जिल्ला अवलोकन तथा धार्मिक तिर्थ भ्रमण सम्पन्न सम्पन्न भएको छ । सहकारीमा आवद्ध रहेका सदस्यहरुका लागी काभे्रपलान्चोक भगवती,दोलखा भिमेश्वर,कालिन्चोक भवगती र साँगास्थित महादेव लगायतको महत्वपुण धार्मिक तिर्थ स्थलको दर्शन,पुजा आरधना गराएको हो ।

नारी विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना र नारी जागरण केन्द्रको व्यवस्थापन सहयोगमा २०८२ वैशाख २५ देखी २७ सम्म उल्लेखित धार्मिक स्थलको दर्शन गराईएको थियो । सहकारीमा आवद्ध सदस्यहरुलाई विभिन्न शक्ति पिठहरुको दर्शन गराउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

सोही अवसरमा पर्यटकीय स्थल दोलखा जिललामा पर्ने चरिकोट बजारबाट ३१ सय किलोमिटर उचाईँमा रहेको शैलुङे डाँडाको अवलोकन गरिएको थियो । सहकारीले आफ्ना सदस्यहरुलाई केन्द्रको आयोजनामा संन्चालित व्यवशायिक सचेतना,महिला सशक्रिकरण,सीप विकास र तनाव व्यवस्थापन तालिममा समुह तथा सहकारीका सदस्यहरुलाई सहभागी गराइएको थियो ।

सदस्यहरुको आर्थिक उपार्जन तथा पछिल्लो समयमा बढ्दै गएको मानिसहरुमा मानसिक तनावको व्यवस्थापन र समयलाई कसरी सदुपयोग गरी आय आर्जनको क्षेत्रमा लगाउनु सकिन्छ भन्ने तर्फ प्रोत्साहनको क्षेत्रमा पनि उत्तिकै सक्रियता पुर्वक काम गर्दै आएको छ ।

तेसैगरी समुह तथा सहकारीको सदस्यहरुको सहभागितामा सम्पन्न भएको अवलोकन तथा धार्मिक भ्रमणमा ४० जनाको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस