आज: २०८२ माघ ७, बुधबार | Wed, 21, Jan, 2026

आज यी प्रदेशमा चट्याङसहित वर्षा हुने सम्भावना

२०८२ बैशाख २८, आईतबार मा प्रकाशित ( ८ महिना अघि) ८८०५ पटक पढिएको
नारी बाटिका


काठमाडौं २७ वैशाख ।

हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

त्यस्तै आज दिउँसो लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागका थोरै तथा बाँकी भूभागका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। आज हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना छ। मधेश लगायत लुम्बिनी प्रदेशका ेकेही स्थानमा हावाहुरीको सम्भावना छ।

आज राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमाली भेगका केही स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यसैगरी देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस