आज:  | Mon, 12, May, 2025

थाक्रे गाउँपालिका २ सिम्लेमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा २ जना घाईते

२८ बैशाख २०८२, आईतवार २०:१२ मा प्रकाशित ( २0 घण्टा अघि) १६१३ पटक पढिएको
नारी बाटिका


काठमाडौं २८ वैशाख ।

धादिङको सिम्ले बजार स्थित पृथ्विराजमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा २ जना घाईते भएका छन् ।

आज दिउँसो अं.१६ः५० बजेको समयमा थाक्रे गाउँपालिका २ सिम्लेमा काठमाण्डौ बाट गल्छी तर्फ आउदै गरेको ग ३ ख ०८१४ नं.को मोटरसाइकललाई ठक्कर दिदा २ जना मोटरसाइकलमा सवार घाईते भई उपचारको लागि काठमाण्डौ तर्फ पठाएको हो ।

घाईते हुनेमा मोटरसाइकल चालक धादिङको गल्छी गाउँपालिका ६ बैरेनि बस्ने बर्ष ३० को बिष्णु लाल श्रेष्ठ र उनकै आमा बर्ष ५६ कि सिता श्रेडष्ठ रहेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायब उपरिक्षक तथा सुचना अधिकारी सुवास हमालले जानकारी दिनु भयो । मो.सा.चालकी आमा सिता श्रेष्ठको टासउकोमा चोट अबस्था मध्यम रहेको र घाईतेहरुको उपचार उपचार भइरहेको बताइएको छ ।

घटना स्थलमा अ.प्र.पोष्ट सिम्ले बाट प्र.स.नि.अमित कुमार सिंहको कमाण्डमा ५ जनाको टोली खटि गइ घाईतेको उद्धार गरिएको थियो । घटनापछी उक्त सडक खण्डमा बाटो अबरोध नभएको र दुबै सवारी साधन र ट्रक चालकको अस्थाइ प्रहरी पोष्ट सिम्लेको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस