आज:  | Tue, 13, May, 2025

नागरिक पेन्सन योजना सञ्चालन गर्न लगानी कोष र गोदावरी नगरपालिकाबीच सम्झौता

३० बैशाख २०८२, मंगलवार २०:१७ मा प्रकाशित ( ६ घण्टा अघि) ९०० पटक पढिएको
नारी बाटिका


काठमाडौं ३० वैशाख ।

नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धमा नागरिक लगानी कोष र गोदावरी नगरपालिकाबीच सम्झौता भएको छ । नगरपालिकामा कार्यरत शिक्षक, कर्मचारीको मासिक तलबाट पाँच सय रुपैयाँ र नगरपालिकाको शिक्षक, कर्मचारी कल्याणकारी कोषबाट पाँच सय रुपैयाँ थप गरी मासिक एक हजार रुपैयाँ नागरिक पेन्सन कोषमा जम्मा गर्ने कोष र नगरपालिकाबीच सम्झौता भएको हो ।

नगरपालिकाको तर्फबाट सम्झौतामा नगर प्रमुख बिरेन्द्र भट्ट र कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले हस्ताक्षर गरेका छन् । कोषमा सहभागी शिक्षक, कर्मचारी र पालिकाको तर्फबाट जम्मा भएको रकमको आधारमा एकमुष्ठ ६० वर्ष पुगेका कर्मचारीको जागिरबाट बहिगमन हुंदा पेन्सन उपलब्ध गराउने सम्झौतामा उल्लेख गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस