आज:  | Wed, 14, May, 2025

मखनटोलको एक घरमा ग्याँस लिक भई आगलागी हुँदा एक जनाको मृत्यु

१ जेष्ठ २०८२, बुधबार ११:४६ मा प्रकाशित ( ७ घण्टा अघि) ११७९ पटक पढिएको
नारी बाटिका


काठमाडौं ३१ वैशाख ।

काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित मखन टोलको एक ४ तले घरमा आगलागी हुंदा एक महिलाको मुत्यु भएको छ ।

आज विहानै आगलागी हुँदा एक महिलाको मृत्यु थियो । आगलागीमा परी मृत्यु भएकी महिलाको सनाखत हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लामा ग्याँस लिक भई आगलागी भएको प्रहरीले जनाएको छ ।

आगो निभाउन काठमाडौं र ललितपुरका ६ वटा दमकल प्रयोग गरिएको थियो। उद्धारका लागी नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र महानगर प्रहरी खटिएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस