आज:  | Thu, 15, May, 2025

सतुङ्गलस्थित कपडा गोदाममा आगलागी, क्षतिको विवरण आउन बाँकी

२ जेष्ठ २०८२, बिहीबार ११:१६ मा प्रकाशित ( ११ घण्टा अघि) ८०७ पटक पढिएको
नारी बाटिका


काठमाडौं १ जेठ ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका ११, सतुङ्गलस्थित आरआर कम्प्लेक्सको भुइँतलामा रहेको कपडा गोदाममा आगलागी भएको छ । बिहीबार बिहान अ.सवा पाँच बजेतिर आगलागी भएको हो ।

काठमाडौं प्रहरी परिसरले जनाए अनुसार छवटा दमकल र १५ वटा पानी ट्यांकरको प्रयोग गरी करिब ३ घण्टामा आगो नियन्त्रणमा लिइएको हो । आगलागीबाट के कति क्षति भयो सो को विवरण भने अझै प्राप्त भएको छैन ।

घटनाको जानकारी प्राप्तपछी आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंबाट प्रहरी बरिष्ठ उपरीक्षक विश्व अधिकारी र प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीको नेतृत्वमा टोली घटनास्थलमा पुगेको थियो ।

यससंगै प्रहरी वृत्त थानकोटबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा १५ जना, प्रहरी प्रभाग बलम्बुबाट प्रहरी निरीक्षकको कमाण्डमा १२ जना र मातातिर्थबाट ४ जना प्रहरी खटिएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस