आज:  | Thu, 15, May, 2025

गुडिरहेको स्लीपर एसी बसमा आगलागी, जिउँदै जलेर ५ जनाको मृत्यु

२ जेष्ठ २०८२, बिहीबार १२:४९ मा प्रकाशित ( ९ घण्टा अघि) १७६८ पटक पढिएको
नारी बाटिका


एजेन्सी ।

भारतको उत्तरप्रदेशस्थित लखनऊमा गुडी रहेको स्लीपर एसी बसमा आगलागी हुँदा जिउँदै जलेर ५ जनाको मृत्यु भएको छ।

आज बिहान अचानक भएको बस आगालागी घटनामा परी ५ यात्रुको जिउँदै जलेर मृत्यु भएको हो । मृत्यु हुनेमा एकै घरका आमा–छोरी, बाबु–छोरी रहेका छन् । बसमा करिब ८० जना यात्रु सवार थिए । बिहारबाट दिल्ली तर्फ गइरहेको बसमा आगलागी भएको हो ।

मोहनलालगञ्ज नजिकैको बाहिरी चक्रपथ (किसानपथ)मा आज बिहान अ.५ बजेको समयमा सो घटना भएको हो । बसका अधिकांश यात्रुहरु सुतिरहेका हुनाले बसमा एक्कासी धुवाँ निस्कन थालेपछी मात्रै यात्रुले थाहा पाएका हुन्। यात्रुहरु बसभित्रबाट चिच्याउँदै थिए तर केही मिनेटमै ठुलो आगोको मुस्लो निस्किएको थियो ।

त्यसपछी बस भित्र भागदौड चलेको थियो । बसका चालक र कन्डक्टर जलेको बस छोडेर भागे । चालकको सिट नजिकै अतिरिक्त अर्को सिट पनि थियो। यस्तो अवस्थामा यात्रुलाई ओर्लन समस्या भएको बताइएको छ । यात्रुहरुले आफ्नो ज्यान बचाउन भागदौडमा धेरै यात्रुहरु लडेर घाईते समेत भएको बताइएको छ ।

वरपरका मानिसहरूले प्रहरी र दमकललाई खबर गरेका थिए। दमकलको गाडी आइ पुग्दासम्म बस पुरै जलिसकेको थियो । दमकलले करिब ३० मिनेटमा आगो निभाउन सफल भएतापनि यात्रुहरु भने जलेर घाईते भए ।

घटनामा प्रहरीको प्रारम्भिक अनुसन्धानले बसको आकस्मिक गेट नखुले पछि सो ठुलो दुर्घटना भएको हो निष्कर्ष निकालेको छ । जसका कारण पछाडी बसेका मानिसहरु अलपत्र परेर आगोले जलाएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस