
काठमाडौं -२ जेठ ।
नेपाल आयल निगमले गएराति १२ बजेदेखी लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ।
निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार इण्डियन आयल कर्पोरेशनले नयाँ मूल्यसूची निर्धारण गरेकाले नेपालमा पनि प्रतिलिटर पेट्रोलमा १ रुपैयाँ र डिजेल(मट्टितेलमा ३ रुपैयाँ घटाउने निर्णय भएको हो।
नयाँ मूल्य निर्धारण भएसंगै काठमाडौं उपत्यकामा पेट्रोल १५७ रुपैयाँ, डिजेल र मट्टितेल १४२ रुपैयाँ कायम गरिएको छ। यो मूल्य बिहीबार राति १२ बजेबाट लागू भएको छ ।













प्रतिक्रिया दिनुहोस