आज: २०८२ फागुन ३०, शनिबार | Sat, 14, Mar, 2026

मर्निङवाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु

२०८२ जेष्ठ २, शुक्रबार मा प्रकाशित ( १0 महिना अघि) ५७०५ पटक पढिएको
नारी बाटिका


कपिलवस्तु २ जेठ ।

कपिलवस्तुमा मर्निङ वाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु भएको छ।

मृत्यु हुनेम बुद्धभूमि नगरपालिका–१ बसन्तपुरकी ६० वर्षीया शान्ता खत्री र ६५ वर्षीया तिलकुमारी रायमाझी रहेका छन् ।

कारको ठक्करबाट गम्भीर घाइते उनीहरुदुबैजनाको जिल्ला अस्पताल तौलिहवा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिनु भयो ।

सुक्रबार विहान अ.पौने ६ बजेतिर अर्घाखाँचीबाट बुटवलतर्फ आउँदै गरेको बीएबी ९५९९ नम्बरको कारले पत्थरकोट–गोरुसिङ्गे सडक खण्डमा दुबैजनालाई ठक्कर दिएपछी मृत्यु भएको हो।

सैनामैना नगरपालिका–५ का ३२ वर्षीय कार चालक खिमराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाको सम्वन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस