आज: २०८३ भाद्र ६, शनिबार | Sat, 22, Aug, 2026

चट्याङ लागेर सात वर्षीया एक बालिकाको मृत्यु

२०८२ जेष्ठ ३, शनिबार मा प्रकाशित ( १ साल अघि) ११९९८ पटक पढिएको
नारी बाटिका


सप्तरी -३ जेठ ।

शनिबार  चट्याङ लागेर सप्तरीमा एक बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा भारत उत्तरप्रदेश जिल्ला सामली केरना(८१ घर भई हाल सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका९१४ बस्दै आएकी सात वर्षीया जेनव खातुन रहेकी प्रहरीले जनाएको छ ।

आज बिहान साढे अन्दाजी ५ बजे चट्याङ लागेर गम्भीर घाइते भएकी बालिकाको छिन्नमस्ता अस्पतालमा पुर्‍याउँदा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ। चट्याङ लागेर अर्का सात वर्षीय बालक जुविर खान पनि घाइते भएको बताइएको छ ।

मृतक र घाइतेका बुवाआमा सप्तकोशी नदीको बगरमा अस्थायी टहरामा बस्दै आएका बासिन्दाहरु हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस