आज:  | Sun, 01, Jun, 2025

भीम रावललाई सहकार्य गर्न प्रचण्डको प्रस्ताव

५ जेष्ठ २०८२, आईतवार ०६:२२ मा प्रकाशित ( १ हफ्ता अघि) १३६५ पटक पढिएको
नारी बाटिका


काठमाडौं -४ जेठ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मातृभूमि जागरण अभियानका संयोजक डा.भीम रावलसंग राजनितिक सहकार्यको लागी प्रस्ताव राख्नु भएको छ ।

जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग पुष्पलाल मार्ग जागरण अभियानको लागी अछामको साँफेबगरमा आयोजित सभालाई सम्बोधन गर्न पुग्नु भएका प्रचण्डले नेता रावललाई फोन मार्फत सहकार्यको प्रस्ताव राख्नु भएको हो।

“म यहाँ आउँदै गर्दा बाटोमै भीम रावलको सम्पर्क कार्यालय देखेँ, मैले हिजोमात्र फोनमा कुरा गरेको थिएँ । उहाँले कार्यक्रम सफलताको शुभकामना पनि भन्नु भएको थियो ।

यस्तै अध्यक्ष प्रचण्डले भन्नु भयो मैले तपाईं हामी बसेर कुरा गर्नुपर्ने ठाउँमा तपाईं को(कोसँग कुरा गरिराख्नु भएको छ भनेको छु । आउनुस् हामी बसेर कुरा गरौं, सहकार्य गरौं भनेँ,” प्रचण्डको भनाई थियो ।

कुराकानीको क्रममा रावलसहित इमानदार कम्युनिष्टहरु एकै ठाउँमा आउनुपर्ने अध्यक्ष प्रचण्डको भनाइ छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस