
नारी बाटिका
काठमाडौं ४ जेठ ।
अहिले काठमाडौं उपत्यकाका केही स्थानसहित बागमती, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
त्यस्तै आज दिउँसो पनि यी स्थानमा मेघगर्जन चट्टयाङसहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबार उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हिमपातको पनि सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्र गरेको छ।
आज मधेस, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक दुई स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ। हाल देशमा पश्चिमी तथा स्थानीय वायुको साथै जलवाष्पयुक्त परिवर्तन भइरहेको कारण आंशिक प्रभाव छ। अबको केही दिन बदली र वर्षाको सम्भावना रहने मौसमविद् डेभिड ढकालले जानकारी दिनु भयो।
हाल देशमा मौसम बदली र वर्षाको मात्रा बढेसँगै शनिबारदेखि नै शेदको धेरै स्थानको तापक्रम पनि घटेर हल्का चिसो भएको छ। हिजो काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २८ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यस्तै सबैभन्दा धेरै धनगढीलगायतका स्थानमा ३७ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो ।








प्रतिक्रिया दिनुहोस