आज:  | Sun, 01, Jun, 2025

खानिखोलामा सवारी दुर्घटनामा परी ४ जना घाईते

५ जेष्ठ २०८२, आईतवार १६:०२ मा प्रकाशित ( १ हफ्ता अघि) २०७८ पटक पढिएको
नारी बाटिका


धादिङ ४ जेठ ।

धादिङको धुनिवेशी नगरपालिका ९ टायलघर स्थित त्रिभुवन राजपथमा भएको सवारी दुर्घटनामा परी ४ जना घाईते भएका छन् ।

शनिबार दिउँसो काठमाण्डौबाट चितवन तर्फ आउदै गरेको बा.४ ख ४५८९ नं.को माईक्रोको ब्रेक फेल भई सडक छेउमा ठोकिदा माक्रोमा सवार १५ जनामध्ये चार जना यात्रु घाईते भएका हुन् ।

घाइते भएका व्यक्तिहरको उपचारको लागी काठमाण्डौ पठाइएको,उक्त स्थानमा इलाका प्रहरी कार्यलय खानिखोलाबाट प्र.स.नि हरि बहादुर पेमीको कमाण्डमा टोली खटीई गएको, थिए भने माईक्रो चालक ईलाका प्रहरी कार्यलय खानिखोलाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

घाईतेहरु नवलपरासी कावासोती ९ बस्ने बर्ष ३८ की अनिता राना,चितवन बस्ने बर्ष ४४ की अनुका भण्डारी खड्का,भरतपुर १८ बस्ने बर्ष ४० को राजु गुरुङ र सोही स्थान बस्ने निजको श्रीमती बर्ष ३० की बिष्णु माया गुरुङ रहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस