आज:  | Mon, 16, Jun, 2025

नीलकण्ठ नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

६ जेष्ठ २०८२, सोमबार ०६:५५ मा प्रकाशित ( ३ हफ्ता अघि) ३४७३ पटक पढिएको
नारी बाटिका


धादिङ ५ जेठ

नारी वाटिका संवाददाता

नीलकण्ठ नगरपालिकाको आ।व २०८१र०८२ को स्वीकृत सेवा प्रवाहका बारेमा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।

आईतबार नीलकण्ठ नगरपालिकाको आयोजनामा नगर प्रमुख भिम प्र.ढुंगानाको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरेको हो । सार्वजनिक सुनुवाइ मार्फत नगरपालिकाले पारदर्शिता, जवाफदेहिता र नागरिक सहभागिता सुनिश्चित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको कार्यक्रमका अध्यक्ष एव.्नगर प्रमुख ढुंगानाले बताउनु भएको छ ।

सार्वजनिक सुनुवाईमा नागरिकहरूबाट प्रत्यक्ष रुपमा नगर बासीहरु तथा सरोकारवालाहरुका जिज्ञासा गुनासो, प्रश्न तथा सुझाव संकलन गरिएको थियो । कार्यक्रममा उपस्थित नागरिक तथा सरोकारवालाहरुले स्वास्थ्य सेवा, खानेपानी, सडक निर्माण, शिक्षा, लैंगिक हिसा विरुद्धलगायत विषयमा धारणा राख्दै सुधारको आवश्यकता औंल्याएका थिए ।

कार्यक्रममा नगर न्यायिक समितिले नागरिकका न्यायको क्षेत्रमा वर्षभरीमा कति वटा सवालहरु आए ? नगर न्यायिक समितिले कति र कस्ता प्रकारका सवालहरु समाधान गरियो र

देवानी तथा फौजदारी विषयका सवालहरुलाई न्यायलयमार्फत पिडितले न्याय पाएकी पाएनन् ? भन्ने विषयमा अधिकारकर्मी भगवती उप्रेतीले जिज्ञासा राख्नु भएको थियो । 

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदीले चालु आर्थिक वर्षमा सञ्चालित कार्यक्रम, सेवा प्रवाहको अवस्था, बजेटको उपयोगिता, योजना लगायतमा नगरपालिकाबाट प्रवाह भएको सेवा सुविधाहरुको विषयमा जानकारी गराउनु भएको थियो ।

यसैगरी कार्यक्रमका सहभागिहरुबाट उठेको प्रश्न तथा जिज्ञासालाई सम्बोधन गर्नुहुदै नगरपालिकाले शिक्षा र स्वास्थ्य संगसंगै सबै क्षत्रलाई एकैसाथ समेटेर अगाडी बढेको बताउनु भयो । उहाँले नगरको उन्नति र प्रगतिका लागि सबै जनप्रतिनिधिहरुले पार्टी विर्सिएर र साथै राजनितिभन्दा माथी उठेर एकजुट भई अगाडी बढेको बताउनु भयो । 

त्यस्तै नगर उपप्रमुख दिपक विश्वकर्माले आफुहरु जनताको सेवक भएकाले जनताको आवश्यकतालाई मध्यनजर गर्दै निति तथा नियमहरु निर्माण गर्ने बताउनु भयो । स्थानीय सरकारले आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाहका लागि नागरिकका सुझावलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाएका छन् ।

कार्यक्रममा नगरप्रमुख भिम प्रसाद ढुङ्गाना, उप प्रमुख दिपक विश्वकर्मा, प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदी, जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि, पत्रकार तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस