आज:  | Sun, 15, Jun, 2025

आमा छोरा चढेको मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु

६ जेष्ठ २०८२, सोमबार १०:४६ मा प्रकाशित ( ३ हफ्ता अघि) ३०३९ पटक पढिएको
नारी बाटिका


मोरङ -५ जेठ ।

मोरङको त्रिवेणी चोकमा आमा छोरा सवार मोटरसाइकल दुर्घटना हुँदा आमाको मृत्यु भएको छ ।

आइतबार साँझ अ.७ बजे भएको दुर्घटनामा रतुवामाई नगरपालिका ५ की ४५ वर्षीया भवानी मेहताको मृत्यु भएको हो ।

रतुवामाई नगरपालिका(६ स्थित त्रिवेणी चोकमा भएको उक्त दुर्घटना आमा भवानीका छोरा २३ वर्षीय रमेश मेहताले चलाएको प्रदेश १.०२०४५ प ९०६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई भएको प्रहरीले जनाएको छ ।

आफ्नै छोराले चलाएको मोटरसाइकल कुकुरलाई जोगाउने प्रयासमा अनियन्त्रित भई सडकमा आमा छोरा लडेका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएकी भवानी मेहतालाई तत्काल उपचारका लागि रंगेली अस्पताल पुर्याइएको थियो । तर, अस्पताल पुर्‍याएको केही बेरमै चिकित्सकहरूले मृत घोषणा गरेका ह्न् ।

घटनापछि मोटरसाइकल चालक तथा मृतकका छोरा रमेश मेहतालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस