
नारी बाटिका
नारी वाटिका संवाददाता
जनकपुरधाम -६ जेठ ।
धनुषाको जनकनन्दिनी गाउँपालिकामा कुकुरको आतंकले स्थानीयहरु त्रसित बनेका छन् । शोमबार स्थानीय कुकुरको हुलले जथाभावी रुपमा मानिसलाई टोक्न थालेपछि स्थानीयहरू त्रसित बनेका हुन्।
जनकनन्दिनी गाउँपालिका ३ प्रखे महुवामा आइतवारदेखि नै कुकुरको एक हुलले स्थानीय बालबालिकाहरूलाई टोकेर घाइते बनाउन थालेको छ।त्यसैगरी सोमवार पनि महुवाका १५ जना बालबालिकालाई टोकेको थियो । त्यसैगरी खजुरी विद्यालयका ७ जना विद्यार्थी समेत २२ जनालाई टोकेर घाइते बनाइसकेको छ।
कुकुरको हुलले गाउँमा हिँड्ने बालबालिकामाथि झम्टिने र घेरा हालेर टोक्न थालेपछि स्थानीयहरू त्रसित बनेका हुन्। उक्त गाउँमा यसरी कुकुरका हुलले टोक्न थालेपछी स्थानीले ईलाका प्रहरी कार्यालय खजुरीमा जानकारी गरेका थिए ।
जानकारी प्राप्तपछी प्रहरी टोलीहरु घटनास्थल पठाइएको बताएको छ। कुकुर आतंक सम्वन्धमा जनकनन्दिनी गाउँपालिकाले पनि घटना भएको पुष्टि गरेको छ ।








प्रतिक्रिया दिनुहोस