आज:  | Sun, 01, Jun, 2025

कुकुरको आतंक, हुल नै मिलेर बालबालिकालाई टोक्न थाले

७ जेष्ठ २०८२, मंगलवार ०६:२८ मा प्रकाशित ( १ हफ्ता अघि) १८३० पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
जनकपुरधाम -६ जेठ ।

धनुषाको जनकनन्दिनी गाउँपालिकामा कुकुरको आतंकले स्थानीयहरु त्रसित बनेका छन् । शोमबार स्थानीय कुकुरको हुलले जथाभावी रुपमा मानिसलाई टोक्न थालेपछि स्थानीयहरू त्रसित बनेका हुन्।

जनकनन्दिनी गाउँपालिका ३ प्रखे महुवामा आइतवारदेखि नै कुकुरको एक हुलले स्थानीय बालबालिकाहरूलाई टोकेर घाइते बनाउन थालेको छ।त्यसैगरी सोमवार पनि महुवाका १५ जना बालबालिकालाई टोकेको थियो । त्यसैगरी खजुरी विद्यालयका ७ जना विद्यार्थी समेत २२ जनालाई टोकेर घाइते बनाइसकेको छ।

कुकुरको हुलले गाउँमा हिँड्ने बालबालिकामाथि झम्टिने र घेरा हालेर टोक्न थालेपछि स्थानीयहरू त्रसित बनेका हुन्। उक्त गाउँमा यसरी कुकुरका हुलले टोक्न थालेपछी स्थानीले ईलाका प्रहरी कार्यालय खजुरीमा जानकारी गरेका थिए ।

जानकारी प्राप्तपछी प्रहरी टोलीहरु घटनास्थल पठाइएको बताएको छ। कुकुर आतंक सम्वन्धमा जनकनन्दिनी गाउँपालिकाले पनि घटना भएको पुष्टि गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस