आज:  | Sun, 01, Jun, 2025

सिनुवा केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प

७ जेष्ठ २०८२, मंगलवार १५:११ मा प्रकाशित ( १ हफ्ता अघि) १७०६ पटक पढिएको
नारी बाटिका


पोखरा -६ जेठ ।

आज दिउँसो कास्कीको सिनुवा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाए अनुसार मंगलबार दिउँसो १ बजेर ५९ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि गरेको हो।

उक्त भूकम्पको धक्का कास्की जिल्लासहित तनहुँ, बागलुङ, पर्वत लगायतका आसपासका जिल्लामा महसुस भएको गरिएको थियो । यसअघि पनि वैशाख ३१ गते सोलुखुम्बुको छेस्काम केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस