आज: २०८२ फागुन ४, सोमबार | Mon, 16, Feb, 2026

बल्ल पायो राष्ट्र बैंकले गभर्नर, डा. विश्व पौडेल गभर्नरमा नियुक्त

२०८२ जेष्ठ ६, मंगलबार मा प्रकाशित ( ९ महिना अघि) १०३२४ पटक पढिएको
नारी बाटिका


काठमाडौं ६ जेठ ।

निकै लामो समयको रस्साकसीपछी सरकारले डा. विश्वनाथ पौडेललाई गभर्नरमा नियुक्त गरेको छ।

अहिले भर्खरै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्‍को बैठकले डा.पौडेललाई गभर्नरमा नियुक्त गरेको हो। पौडेल राष्ट्र बैंकको १८औँ गभर्नर नियुक्त हुनु भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

मंगलबार साँझ अर्थमन्त्री विष्णु पौडेलको संयोजत्वमा बसेको नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिले डा. विश्व पौडेल, कामु गभर्नर निलम ढुंगाना तिम्सिना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो।

समितिको सिफारिस अनुसार आजै साँझ बसेको मन्त्रिपरिषद्‍ बैठकले १ नम्बरमा सिफारिसमा पर्नु भएका पौडेललाई गभर्नर नियुक्त गरेको हो। गभर्नरबाट महाप्रसाद अधिकारीको कार्यकाल सकिएकोले गत चैत २५ गतेदेखि राष्ट्र बैंकमा गर्भनर पद खाली रहेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस