आज: २०८२ माघ ७, बुधबार | Wed, 21, Jan, 2026

यस वर्षको मनसुनमा अत्यधिक वर्षा हुने भएकोले सजग हुन सुझाव

२०८२ जेष्ठ ८, बिहिबार मा प्रकाशित ( ८ महिना अघि) ७९०६ पटक पढिएको
नारी बाटिका


काठमाडौँ ८ जेठ ।

यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

बुधवार विभागले ललितपुरमा आयोजना गरेको ‘राष्ट्रिय मनसुन फोरम–२०८२’ मा मौसम विद्हरूले यस्तो प्रक्षेपण सार्वजनिक गरेका हुन्। कार्यक्रममा विभागका वरिष्ठ मौसमविद् विभूति पोख्रेलले गत वर्षको तुलनामा यस वर्षको मनसुनमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने बताएकी छिन्।

उनका अनुसार देशभरको भौगोलिक बनायट अनुसार ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५ प्रतिशत र ३५ देखि ४५ प्रतिशतसम्म वर्षा हुने सम्भावना रहेको बताइन्।यस्तै यो वर्षको मनसुन ऋतुको अधिकतम तापक्रम पनि सरदरभन्दा बढी हुने सम्भावना रहेको बताइएको छ।

त्यसैगरी तापक्रम पनि स्थान अनुसार ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५ प्रतिशत र ३५ देखि ४५ प्रतिशतसम्म हुने जानकारी दिएको थियो। साथै यो वर्षको मनसुन ऋतुको न्यूनतम तापक्रमको आँकलन पनि विगत वर्षम ाजस्तै सरदरभन्दा बढी हुने सम्भावना रहेको बताइएको हो ।

सरदरभन्दा बढी वर्षा हुने सम्भावना स्थान अनुसार ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५, ३५ देखि ४५ प्रतिशत रहेको छ। यसैगरी यो वर्षको मनसुन ऋतुको अधिकतम तापक्रम ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५, ३५ देखि ४५ प्रतिशत रहेको छ।’

मौसमविद् प्रतिभा मानन्धरले नेपालको परिप्रेक्ष्यमा ८० प्रतिशत वर्षा मनसुनको सिजनमा हुने गरेको भन्दै यसबाट हुने क्षति न्यूनीकरण गर्न तयारी अवस्थामा बस्नु पर्ने बताउनु भयो।

उहाँले १२ महिनामध्ये लगभग ४० प्रतिशत विपद् मनसुनको अवधिमा हुने बताएकी छिन्। यो अवधिमा पहिरो–बाढीको जोखिम, धनजनको क्षति र अन्य विपद्का घटना बढी हुने भएकाले जोखिमबाट बच्ने उपायसहि तयारी अवस्थामा बस्नु पर्ने बताइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस