
नारी बाटिका
रामेछाप -८ जेठ ।
उमाकुण्ड गाउँपालिकाले केही दिनअघिसम्म विद्यालयको सम्पुर्ण शैक्षिक गतिविधि ठप्प पारी शिक्षक आन्दोलनमा सहभागी भएका शिक्षकको लापरभाहीले बालबालिकामा परेको पढाइको असरको हर्जाना वापत बर्खे र दशैँ बिदाबाट काटौती गर्ने भएको छ ।
उक्त गाउँपालिकामा बसेको सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको बैठकले यस शैक्षिक सत्रको क्यालेण्डरलाई सामान्य हेरफेर गर्ने निर्णय गरेको हो ।
शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख वासुदेव मश्राङ्गीको अध्यक्षता तथा उमाकुण्ड गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जीतबहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा बसेको बैठकले गाउँपालिकाले शैक्षिक सत्र २०८२ का लागि तयार गरिएको वार्षिक शैक्षिक कार्य पात्रो अनुसार वैशाख ७ गतेबाट पठन पाठन गर्ने भनिएको भए तापनि शिक्षक आन्दोलनका कारणले उक्त कार्य तालिकामा अवरुद्ध भएको थियो ।
सोही बैठकले १० दिनलाई वार्षिक कार्य तालिकामा संशोधन गर्दै असार २० गते सम्म पठनपाठन गर्ने समेत निर्णय गरेको छ भने असार २२ देखि २९ गतेसम्म प्रथम त्रैमासिक परीक्षा सञ्चालन गरी असार ३२ गते नतिजा प्रकाशन गर्ने निर्णय बैठकले उक्त गाउँपालिकाले जनाएको छ ।
यससंगै साउन १ देखि साउन १७ गतेसम्म वर्षे बिदा गर्ने र असोज महिनाको कार्य तालिकामा घटस्थापनादेखि दशैँ बिदा राखिएकोमा शैक्षिक आपूरण गर्न असोज ९ गतेसम्म पठनपाठन गरी असोज १० बाट मात्रै दशैँ बिदा गर्ने निर्णय भएको छ ।
साथै शिक्षक कर्मचारीहरिको हाजिरी चुस्त दुरुस्त राख्ने, बिदामा बस्दा अनिवार्य प्रधानाध्यापकबाट बिदा स्वीकृत गरी बस्ने, बिदा सहुलियत भएको हुँदा अनिवार्य नगर्ने, नियम अनुसार पाउने बिदा भन्दा बढी बिदामा बसे नियम अनुसार नै गर्ने, विद्यार्थीको दैनिक हाजिरी कपीमा हाजिर अभिलेखमा उल्लेख भएको कुराहरू प्रष्ट रूपमा लेख्ने, विद्यालयका दर्ता, चलानी किताब र जिन्सी व्यवस्थापन चुस्त दुरुस्त राख्ने गरी निर्णय गरिएको बताईएको छ ।







प्रतिक्रिया दिनुहोस