आज:  | Sat, 24, May, 2025

यार्सागुम्बा टिप्न हिँडेका युवा चिप्लियर मुगु कर्णाली नदीमा बेपत्ता

१० जेष्ठ २०८२, शुक्रबार १७:३४ मा प्रकाशित ( १३ घण्टा अघि) १०८६ पटक पढिएको
नारी बाटिका


मुगु ९ जेठ ।

मुगु जिल्ला स्थित मुगुम कार्मारोङ गाउँपालिकाका यार्सागुम्बा टिप्न भनेर हिँडेका एक युवा चिप्लियर मुगु कर्णाली नदीमा खस्दा बेपत्ता भएका छन् । वेपत्ता हुनेमा मुगुम कार्मारोङ गाउँपालिका—५ सेरोग गाउँका ४० वर्षीय सेराप साग्बु लामा यार्सा संकलन गर्न बुधवार घरबाट हिँडेका थिए ।

उनी यार्सा टिप्न भनेर पाटन क्षेत्र जान जाने क्रममा मुगु कर्णाली नदी पार गर्न राखिएको काठको लाप्कोबाट चिप्लिएर नदीमा खसेको जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ । पाटन क्षेत्र जानका लागि सिरानी चौरस्थित मुगु कर्णाली नदीमाथि राखिएको काठको लाप्कोबाट खसेर लामा बेपत्ता भएको मुगुम कार्मारोङ गाउँपालिकाले पनि पुष्टि गरेको छ।

उक्त घटना बुधवार राति ८ः३० बजेतिरको हो। सर्वसाधारणका लागि मुगुम कार्मारोङ गाउँपालिकाले जेठ १३ गतेबाट यार्सा संकलनका लागि खुल्ला गरेको सूचना सार्वजनिक गरेपछी, उनीहरू यार्सा टिप्ने समय अगावै पाटनतिर हिँडेको बताइएको छ।

नदीमा बेपत्ता सेरापको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस