
काठमाडौं १० जेठ ।
सर्वोच्चले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पुर्व गृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउने बुटवल इजलासको आदेशलाई सदर गरेको छ ।
लामिछानेलाई न्यायाधीशहरू डा.नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले थुनामुक्त गर्नुपर्ने माग राखी उनकी पत्नी निकिता पौडेलले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरिदिएको हो ।
सुप्रिम सहकारी सम्बन्धी प्रकरणको मुद्दामा उच्च अदालतको बुटवल इजलासले दिएको आदेश अनुसार लामिछाने थुनामा परेका थिए । उच्च अदालतले त्यतिबेला जिल्ला अदालत रुपन्देहीको आदेश उल्ट्याएर रविलाई थुनामा पठाएको थियो ।
सुक्रबार सर्वोच्च अदालत दिएको यस्तो आदेशपछि जिल्ला अदालत रुपन्देहीबाट सुप्रिम सहकारी ठगीको मुद्दा नटुंगिदासम्म रवि लामिछाने थुना मै बस्नु पर्ने भएको छ । साथै जिल्ला अदालतले सफाइ दिएमा मात्रै उनी थुनामुक्त हुन सक्ने अवस्था आउँछ । तर त्यतिबेलासम्म उनीमाथी लागेको अन्य थुप्रै आरोपबाट सफाइ पाएपछी मात्रै संम्भव हुनेछ ।












प्रतिक्रिया दिनुहोस