आज: २०८३ भाद्र २, मंगलबार | Tue, 18, Aug, 2026

रोजगारीका लागी अमेरिका पठाइदिने भन्दै५५लाख ठगी गर्ने एक जना पक्राउ

२०८२ जेष्ठ १०, शनिबार मा प्रकाशित ( १ साल अघि) १२५५६ पटक पढिएको
नारी बाटिका


काठमाडौं -१० जेठ ।

वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिने प्रलोभन देखायर लाखौं ठगी गर्ने एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रुकुमपश्चिम त्रिवेणी गाउँपालिका(४ का ३० वर्षीय शक्ति खड्का रहेको प्रहरीले जनाएको छ । हाल काठमाडौं(१६ नयाँ बसपार्क बस्दै आएका खड्कालाई शुक्रबार पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताउनु भयो।

वैदेशिक रोजगारीमा राम्रो देशको खोजी गरिरहेका सोही ठाउँका एक युवाबाट खड्काले ५५ लाख ठगी गरेको प्रहरीले जनाएको छ । राम्रो कमाई हुने भन्दै रकम लिएर खड्का सम्पर्क विहीन भएपछि पिडित युवाले प्रहरीमा उजुरी दिएका थिए।

जाहेरीपछि प्रहरीले खड्काको खोजी गरी पक्राउ गरेको थियो । खड्कालाई थप कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस