आज:  | Sat, 24, May, 2025

संसदीय दलको नेता फेर्न रास्वपाको केन्द्रीय समितिमा माग

११ जेष्ठ २०८२, शनिबार १७:१८ मा प्रकाशित ( १0 घण्टा अघि) १२४१ पटक पढिएको
नारी बाटिका


काठमाडौं १० जेठ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा संसदीय दलको नेता फेर्न माग गरिएको छ।पार्टी सभापति एवं दलका नेता रवि लामिछाने तत्काल जेलबाट नछुट्ने सम्भावना देखिएपछी नेता यज्ञमणि न्यौपानेले दलको अर्को नेता चयन हुनुपर्ने धारणा सार्वजनिक गरेका छन् ।

न्यौपानेले मुख्य पदहरू रिक्त हुँदा पार्टीलाई अगाडि बढाउन नसकिने अवस्था आउने भएकोले महाधिवेशनसम्मका लागि रिक्त पद पूर्ति गर्न माग गरेका हुन् ।

पार्टीका कार्यवाहक सभापति डिपी अर्याल र उपसभापति स्वर्णिम वाग्लेलाई सुझाव पत्र पठाउँदै उनले रिक्त रहेको महामन्त्री,सहमहामन्त्रीका साथै केन्द्रीय सदस्य पदहरूको पनि पूर्ति गर्न आफ्नो धारणा पेश गरेका छन् ।

रास्वपाको शुभेच्छुक संस्था स्वतन्त्र कानुन व्यवसायी संघका अध्यक्षसमेत रहेका न्यौपानेले पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको लागि जनमत संग्रहको माग राख्नुपर्ने सवाललाई समेत सुझाव पत्रमा उल्लेख गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस